पेट्रोलीयम पदार्थको मूल्य बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्यमा बृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा बढेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । नयाँ मुल्य मंगलबार मध्यरातिदेखि लागू हुने पनि विज्ञप्तीमा उल्लेख छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमले जनाएको छ ।

खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मट्टितेल ८७ रुपैयाँ पर्नेछ । पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । त्यसैगरी चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा तोकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *