असार महिना सुरु भएसँगै प्रदेश १ मा कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणतर्फ उन्मुख भएको छ ।
पछिल्लो दुई साताको अवधिमा नयाँ सङ्क्रमित थपिनेभन्दा उपचारपश्चात् निको भएर घर फर्कनेको सङ्ख्या बढी हुन थालेपछि यो प्रदेशमा कोरोनाको सङ्क्रमण न्यूनीकरणतर्फ उन्मुख भएको हो ।
भारतबाट नेपाल फर्कनेको सङ्ख्यामा आएको कमीसँगै प्रदेश १ मा कोरोनाको सङ्क्रमण पनि घट्दो दरमा देखिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन । पछिल्लो दुई सातामा प्रदेश १ मा कुल १९४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने २२७ जना निको भएर घर फर्किएका छन् ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ