भारतले लगायो टिकटकसहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध

नयाँदिल्ली । चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकलाई भारतले प्रतिबन्ध लगाएको छ । भारत र चीनको सीमा उत्कर्षमा पुगेपछी भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको हो । छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय अत्याधिक लोकप्रिय छ । यस कम्पनीले चीन सरकारसँगको सम्बन्धको कुरा भने अस्वीकार गर्दै आएको छ ।

भारत सरकारले हालै उक्त एप्ससँगै अन्य ५८ वटा एप्समा प्रतिबन्ध लगाएको छ । जहाँ अलिबाबाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट पनि छन् । भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको छ । लद्दाख झडपको एक महिना नबित्दै भारत सरकारले चिनियाँ कम्पनीका उत्पादनमाथि यस्तो प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *