सोमालियामा मारिएका आतंककारी नेपाली भएको दाबी

जुबामा । सोमालियाको राजधानी नजिकै आतंककारी संगठन अल सबाबका कमान्डर मारिएका छन् । ती व्यक्ति नेपाली भएको दाबी गरिएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार सोमालियाको सैन्य कारबाहीमा असरफ अज्मी अबु हमदन मारिएका हुन् र ती व्यक्ति नेपाली हुन् । सोमालियाको सरकारी रेडियोलाई उद्धृत गर्दै उनी नेपालबाट गएको दाबी गरेको हो । उनी सोमालियामा सक्रिय आतंककारी संगठनको वरिष्ठ प्रशिक्षक भएको समाचारमा उल्लेख गरिएको छ ।  

जुबामा भएको सैन्य कारबाहीमा ती नेपाली भनिएका कमान्डरसहित संगठनका अन्य २ जना मारिएका थिए । सोमलियामा मुस्लिम राज्य स्थापना गर्ने उद्देश्यसाथ सन् २००८ देखि अल सबाब सक्रिय रहदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *