काठमाडौं उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा गरी जम्मा ८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा काठमाडौंमा ४ पुरुष र २ महिला, भक्तपुरमा १ पुरुष र ललितपुरमा १ पुरुष गरी जम्मा ८ जनामा कोरोना पुष्टि भएको हो । विभिन्न अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

यस्तै सोमबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ भने २९ जनाको मृत्यु भइसकेको छ । ३ हजार १ सय ३४ जनाले कोरोना जितेर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *