चीनले सीमा मिचेको झुटो प्रतिवेदन बनाउनेको खोजी भइरहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । नेपाल चीन सीमामा कुनै समस्या नभएको बताउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउनेहरुको खोजी भइरहेको बताएका छन् ।

हालै मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई उदृत गर्दै चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो । सो प्रतिवेदन आफ्नो नभएको भनेर कृषि मन्त्रालयले १० असारमै खण्डन गरेको थियो ।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा मन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपाली सीमा अतिक्रमण गरेको भनेर आएको समाचारको खण्डन गरेका छन् ।

उनले गोरखाको रुई गाउँ चीनले अतिक्रमण गरेको खबर झुटो भएको बताएका छन । उनका अनुसार दुई देशबीच औपचारिक सीमा निर्धारण हुनुअघि नै रुई र साना गाउँ लेकबेंसी जस्तो थियो । दुई देशले सीमा निर्धारण गरेपछि १ सय १० घर कुरियालाई कता बस्ने भनेर रोज्न दिएको भन्दै ६० घर कुरियाले रुई र ४० घर कुरियाले यता बस्ने भनेर रोजेको र त्यहाँ जबरजस्ती नभएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *