नेपाल क्रिकेट संघका चार समितिले पूर्णता पाए

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले गठन गरेका चार वटा समितिले पूर्णता पाएको छ ।

क्यानले प्रशान्त विक्रम मल्ललाई संयोजक तोकेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टले सदस्यको जिम्मेवारी पाएका छन् ।

समितिले यसअघि क्यानले संचानल गर्ने प्रतियोगिताहरूको प्रस्ताव तयार गरेको थियो । तर लकडाउनका कारण उक्त प्रस्तावले मूर्तरुप पाउन सकेको छैन ।

यस्तै संजयराज सिंह संयोजक रहेको प्राविधिक समितिमा वीरेन्द्रबहादुर चन्द, अमितविर पाण्डे, अरुणकुमार अर्याल र संजय गुरुङलाई सदस्य तोकिएको छ ।

आर्थिक समितिमा रोशनकुमार सिंहको संयोजकत्वमा माधव कर्माचार्य र दुर्गाराज पाठकलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

मिडिया समितिमा क्यान सचिव अशोकनाथ प्याकुरेल संयोजक छन् भने भानुभक्त सिग्देललाई सदस्यको रुपमा थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *