११४ वर्षीयाले जिते कोरोना भाइरस

इथियोपिया । १ सय १८ वर्षीय एक इथियोपियाली वयोवृद्ध कोभिड–१९ बाट चामत्कारिकरूपमा निको भएका छन् । उपचारमा संलग्न एक चिकित्सकले यसलाई ठूलो उपलब्धी भएको बताएका छन् ।

स्थानीय अबा तिलाहुन वोल्डेमिकाइलको परिवारका अनुसार उनी १ सय १४ वर्ष पूरा भएका छन् । संक्रमितमध्ये उनी विश्वकै सबैभन्दा वृद्ध व्यक्ति हुन सक्छन् । तर अस्पतालले १ सय ९ वर्ष भएको अनुमान गरेको छ । असी वर्षभन्दा बढी उमेरका व्यक्तिमा कोरोनभाइरस सङ्क्रमण भए उनीहरू बढी जोखिम समूहमा पर्छन् । राजधानी नजिकै आदिसमा अबाबामा स्वास्थ्य जाँचको क्रममा उनमा कोरोनाभाइरस फेला परेको थियो ।

स्थानीय एक अस्पतालका डा. हिलुफ अबातेले बताएअनुसार लक्षण देखिनुभन्दा पहिल्यै अबा तिलाहुनलाई अस्पताल भर्ना गरिएको थियो । तसर्थ बिरामीको राम्ररी उपचार गर्न र नजिकबाट उनको अवस्थालाई नियाल्न सकिएको बताइएको छ ।

करिब चार दिनसम्म अबा तिलाहुनको स्वास्थ्य अवस्था खस्कियो र उनलाई अक्सिजन दिन थालियो । चौधदिने अस्पताल बसाइका क्रममा एक साताभन्दा बढी समय अक्सिजन दिएर उनको उपचार गरिएको थियो ।

कोरोनाभाइरस इथियोपियामा ५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ८१ जनाको ज्यान गएको छ ।

जवानीमा अबा तिलाहुनले बिजुलीको काम गर्थे र रङ्ग लगाउने मिस्त्री तथा सहायकका रूपमा काम गरेको उनका २४ वर्षीय नाति बिनयाम तिलाहुनले बताएको कुरा बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *