काठमाडौ । जनता समाजवादी पार्टीले विवादका बीच कार्यसमिति संशोधन गरेको छ । कार्यसमिति पुनर्गठनले थप विबाद चर्किने एक नेताले बताएका छन् ।
समावेशी नभएको आरोप लगाउँदै पार्टीमा असन्तुष्टि बढ्दै गइरहेको थियो । तत्कालिन राजपा नेपाल अध्यक्षमण्डलका दुई जना सदस्य अनिलकुमार झा र राजकिशोर यादव पक्षका एकजना पनि मान्छे कार्यसमितिमा नपर्नुले थप समस्या उत्पन्न भएको थियो । त्यसैगरी, तत्कालिन राजपा नेपालसँग एकीकरण गरेको जनमुक्ति मुक्ति पार्टीबाट पनि एकजना मान्छे कार्यसमितिमा परेका छेैन् ।
पार्टी एकपापछि जसपा नेपालले ५१ सदस्यीय कार्यसमिति बनाएर निर्वाचन आयोगमा दल दर्ता गराइएको थियो । दर्ता गराएकै दिनदेखि विवाद शुरु भएपछि तत्कालिन राजपा नेपालले आफ्नो पक्षबाट दुई जनाको नाम कार्यसमितिबाट हटाएको थियो । कार्यसमितिबाट डा विजयकुमार सिंह र रामकुमार ओझाको नाम अहिले हटाइएको छ ।
त्यो दुई जनाको ठाउँमा राजकिशोर यादव र अनिलकुमार झाको एक–एकजना मान्छे राख्ने तयारी भइरहेको छ । तर त्यो ठाउँमा कसलाई राख्ने त्यसको नाम उनी दुई जनाले तय गरेका छैनन् । त्यसका लागि सम्बन्धित व्यक्तिको सहमति चाहिन्छ । उनले निर्वाचन आयोगमा गएर निवेदन दिएपछि मात्र नाम फेरबदल गर्न सकिने कानुनी व्यवस्था रहेको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले डा विजय सिंहसँग कुराका गरिसकेको बताइको छ ।
‘पार्टी एकीकरण पछि असन्तुष्टिका कारणले एकीकरण नहुँदै पार्टी विभाजन हुने अवस्था सृजना हुन लागेको छ । कार्यसमिति सदस्य संख्या बढाउदा जसपा नेपालको समस्या हल भए पनि दीर्घकालिन रूपमा समाधान नहुने बताइको छ ।