काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन भएको छ । सिंहको ८८ वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित निवासमा शुक्रबार राति निधन भएको हो ।
सिंह लामो समयदेखि रोगले ग्रसित थिए । २०४८ देखि २०५० सालसम्म राखेपको जिम्मेवारी सम्हालेका उनी राखेपको सातौं सदस्य सचिव थिए ।
फुटबल खेलसँग सम्बन्धित सिंहले काठमाडौं खेल मन्डल र विधा व्यायामबाट पनि खेलेका थिए ।