प्रयास हाम्रो, साथ तपाईँको

नेपाली पत्रकारिताको क्षेत्रमा हामीले पनि उपस्थिति जनाएका छौँ । नेपाली जनतालाई सत्य–तथ्य, सन्तुलित र विश्वसनीय खवरबाट सु–सुचित गर्ने हाम्रो पहिलो प्रयास रहनेछ । कोभिड–१९ बाट विश्वजगत् र नेपालको राजनैतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्र निकै आक्रान्त भएको यो कठिन परिस्थितिमा हामीले पहिलो पाइला राखेका छौँ । र, यसलाई निरन्तररुपमा अगाडि बढाउन हामी प्रतिवद्ध रहने छौँ ।

प्रतिकूल परिस्थिति एवम् सिमित स्रोत–साधनलगायतका कडा चुनौतीहरुलाई सामना गर्दै हाम्रा समाचारका स्रोतहरुलाई समेत हामी जिम्मेवार बनाउने छौँ । समाजमा लुकेका तर उजागर नभएका सुचना एवम् जनउपयोगी सन्देशहरुलाई तथ्यपरकरुपमा सर्वसाधारण जनतामाझ सम्प्रेषण गर्नेछौँ । हाम्रो प्रयासले नेपालको पत्रकारिता क्षेत्रलाई थप मर्यादित र जिम्मेवार बनाउनका लागि योगदान दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

नेपालको पत्रकारिता क्षेत्रमा हाम्रोे पाइला सुरु भइसकेको छ । यसको श्रेय हामीले पाठक वर्गलाई समेत सुम्पिएका छौँ । यहाँहरुको उचित सल्लाह र सुझावलाई हामी हार्दिकताका साथ ग्रहण गर्नेछौँ । र, त्यसैको आधारमा हाम्रा भविष्यका बाटाहरुलाई परिमार्जित, परिस्किृत बनाउँदै लैजाने छौँ ।

अनलाईन पत्रकारिता क्षेत्रमा देखिएका विसंगति र विकृतिलाई निरुत्साहित गर्दै समग्र अनलाईन संचारमाध्यमको संस्थागत र ब्यवसायिक विकासमा हामी अग्रपंक्तिमा उभिने छौँ । हाम्रो यात्रालाई निरन्तररुपमा अगाडि बढाउँदै सफलताको शिखरमा पुर्याउन आ–आफ्नाे स्थानबाट योगदान दिनुहुने आम पाठक, विज्ञापनदातालगायत सबै हाम्रा लागि सधैँ अमुल्य रहने छन् । यहाँहरुको निरन्तर साथ र सहयोगका लागि हामी हार्दिक आभार प्रकट गर्दछौँ । साथै, यहाँहरुको अमूल्य सल्लाह र सुझावको पनि अपेक्षा गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *