बुटवल–पाल्पा सडक अवरुद्ध

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र नजिकै भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै आइतबार बिहान सडकमाथिको भीरबाट ढुंगा खस्दा सडक अवरुद्ध बनेको हो ।
अबिरल बर्षासँगै ढुंगा खसेका कारण सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन डोजर पठाइए पनि वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वर्षा रोकिएपछि ढुंगा हटाइने भएकाले सडक खुल्न अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *