नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले राससलाई जानकारी दिएका छन । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।
कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो । काँग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।
काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो ।