काठमाडौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाट अहिलेसम्म विश्वभर ५ लाख भन्दा बढिले ज्यान गुमाएका छन ।
कोरोनाको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । कोरोना बारे विश्वव्यापी अपडेट दिइरहेको वर्ल्डो मिटराका अनुसार कोरोनाबाट हालसम्म ५ लाख ६ सय २६ जनाले ज्यान गुमाएका छन ।
विश्वमा १ करोड ७५ हजार भन्दा बढी संक्रमित भएका छन् । हालसम्म ५४ लाख ५३ हजार भन्दा बढीलाई निको भएको उल्लेख गरिएको छ । कोरोना बाट हालसम्म अमेरिकामा मात्रै १ लाख २८ हजार भन्दा बढिले ज्यान गुमाएका छन ।