बढ्नुको साटो घट्यो पीसीआर टेष्टको संख्या

पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

सरकारले पीसीआर टेष्ट बढाउने दाबी गरेपनि टेष्टको संख्या घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६०६ नमुनाको पीसीआर टेष्ट भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर टेष्ट गर्ने दाबी गरेका थिए । तर टेष्टको संख्या बढ्नुको साटो घटेर ४६ सयमा आइपुगेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार ६ असारमा सबैभन्दा धेरै ७४१६ नमुना परीक्षण भएको थियो । त्यसयता क्रमशः घटेर शनिबार ४६०६ मा आइपुगेको छ । हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *