सुशान्तलाई निकालेर अर्जुन कपुरलाई खेलाइएको थियो चलचित्र “हाल्फ गर्लफ्रेन्ड” मा

सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउड उद्योगमा नेपोटिज्म ‘नातावाद’को बिगबिगी रहेको भनेर चौतर्फी आलोचना सुरुवात भएको छ । खासगरी अहिले सलमान खान, करण जोहार, सन्जय लिला बन्सालीजस्ता अभिनेता तथा निर्देशकको आलोचना भइरहेको छ ।

साथै बलिउड स्टारका छोराछोरी, नातेदार जो बलिउडमा छन् उनीहरुको पनि आलोचना भइरहेको छ ।नातावादका कारण सुशान्त सिंह राजपुतको आधा दर्जन चलचित्र खोसिएको भारतीय संचारमाध्यमले बताएका छन् ।

डिप्रेसनका कारण सुशान्तले आत्महत्या गरेको आशंका गरिएको छ । हालै सुशान्त सिंहको हातबाट ‘सन्जु’ भन्ने चलचित्र खोसिएको खबर आएको थियो । यतिबेला सुशान्तको हातबाट ‘हाल्फ गर्लफ्रेन्ड’ भन्ने चलचित्र पनि खोसिएको समाचार आएको छ ।

हाल्फ गर्लफ्रेन्ड उपन्यासका लेखक चर्चित साहित्यकार चेतन भगतले ट्वीटरमा ‘हाल्फ गर्लफ्रेन्ड’का लागि अभिनेताको रुपमा सुशान्त चयन भएको भनेर बधाई नै दिएका थिए । मानिसहरुले चेतन भगतको सन् २०१५ को सोही ट्वीट यतिबेला भाइरल बनाएका छन् र बलिउडमा हुने गरेको नातावादको विरोध जनाएका छन् ।

एजेन्सीका अनुसार हाल्फ गर्लफ्रेन्डबाट सुशान्तलाई हटाएरपछि अर्जुन कपुरलाई अभिनेता बनाइएको थियो । अर्जुन कपुर चर्चित निर्माता बोनि कपुरका छोरा हुन् । केही समयअगाडि अभिनेत्री कंगना रणावतले पनि सुशान्त नेपोटिज्मको शिकार बनेको भन्दै बलिउड भ्रष्ट बनेको आरोप लगाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *