कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा आज बिहान मृत्यु भएको बताएका छन । उनका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्या देखिएपछि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

उपचारका क्रममा उनको स्वाब परीक्षण गर्दा विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *