स्याङ्जा – स्याङ्जामा आज एकैपटक ३४ जना सङ्क्रमित कोरोना जितेर घर फर्किएका छन् । स्याङ्जाको हेलु स्थित कालिका सामुदायिक अस्पतालमा रहेका ३४ जना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको हो ।
अस्पतालमा रहेका ४१ जना सङ्क्रमितको दोस्रो परीक्षणका लागि स्वाब संकलन गरी पठाईएकोमा ७ जनाको भने दोस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको छ । आज घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाउँपालिकाका ४ जना, अर्जुनचौपारी गाउँपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेका छन् ।
योसँगै स्याङ्जामा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या ५६ पुगेको छ । १ सय ५९ सङ्क्रमितमध्ये २ जनाको निधन भईसकेको छ ।