वार्ताका लागि तीन पटक पत्र पठाउँदा पनि भारतले बेवास्ता गर्‍योः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको नेपाली भूमि अतिक्रमणबारे वार्ताका लागि गरिएको पटक पटकको आग्रहलाई भारतले बेवास्ता गरेको बताएका छन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारत वार्ताका लागि अनिच्छुक भएको बताए । उनले भने, ‘सीमा समस्या समाधानका लागि भारत अनिच्छुक देखियो’, ‘नेपालले वार्ताका लागि तीन पटक पत्र पठाउँदा पनि भारतले बेवास्ता गरेको छ ।’ नेकपा स्थायी कमिटी सदस्य ज्ञवालीले नेपालले वार्ताका लागि भारतलाई नोभेम्बर, डिसेम्बर र जनवरीमा गरेर तीन पटकसम्म पत्र पठाएको बताएका छन् । ‘हामीले पटक पटक पत्र पठाउँदा पनि भारतले वार्तामा बस्‍न इच्छा देखाएन’, उनले भने, ‘सीमा समस्या समाधानका लागि सरकारले भारतसँग निरन्तर वार्ताको पहल गरिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *