मंगोलियामा सत्तारुढ मंगोलियन पिपुल्स पार्टी विजयी

उलानबटोर । मंगोलियाको निर्वाचन आयोगले सत्तारुढ मंगोलियन पिपुल्स पार्टीले अत्यधिक बहुमतसहित संसदीय निर्वाचनमा विजयी भएको जनाएको छ ।

आयोगका अनुसार मंगोलियन पिपुल्स पार्टीले संसदको कूल ७६ स्थानमध्ये ६२ स्थानमा जितेको छ । सत्तारुढ दलको यो लगातार दोस्रो जित हो ।

सत्तारुढ दलले कूल खसेको मतको झण्डै आधा मत प्राप्त गरेको थियो । मंगोलियन पिपुल्स पार्टीले कोरोनाभाइरस महामारीकै बीचमा पनि गाउँगाउँमा व्यापक चुनाव प्रचार गरेको थियो ।

बुधबार सम्पन्न उक्त निर्वाचनमा मंगोलियाका करिब २० लाख मतदातामध्ये दुई तिहाईले मतदानमा भाग लिएका थिए । छिमेकी मुलुक चीनमा कोरोनाभाइरस देखिएलगत्तै मंगोलियाले गत जनवरीमै चीनसँगको सीमा बन्द गरेको थियो । जनसंख्या सानो भएपनि व्यापक फैलिएको बस्तीभित्र कोरोनाभाइरसको प्रसार हुन नपाएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

तैपनि मंगोलियामा २ सय १९ जनामा कोरोना संक्रमण देखिएको थियो र यो सबै विदेशबाट आएका व्यक्तिमा देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *