काठमाडौँ । बुधबार एकैदिन ६ सय २९ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बुधबार थप ६ सय २९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय १४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म २ हजार ३ सय ३८ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । नेपालमा रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।