काठमाडौँ । मंगलबार एकैदिन ५ सय ३८ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार थप ५ सय ३८ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७६ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म २ हजार २ सय २४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । नेपालमा रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।