काठमाडौँ । सोमबार एकैदिन ५ सय ३५ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार थप ५ सय ३५ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म २ हजार १ सय ४२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । नेपालमा रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।