काठमाडौं । गण्डकी प्रदेशमा सोमबार बिहानै २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले जानकारी दिए ।
उनकाअनुसार स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा आठ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ। शर्माकाअनुसार उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् ।
