गोदावरी मार्शल आर्टलाई खेल सामग्री सहयोग

काठमाडौँ । अठार वर्षअघि स्थापित गोदावरी मार्शल आर्टस एकेडेमी (गोदावरी डोजो) लाई खेलकूदका सामग्री प्राप्त भएको छ । गोदावरी नगरपालिका वडा नं ३ कार्यालयले यस वर्षको कार्यक्रमअन्तर्गत एकेडेमीलाई उक्त सामग्री सहयोग गरिएको हो ।

कार्यालयले शनिबार ५० कराते म्याट, चारचार थान पञ्जा र सिस गार्ड तथा दुई थान चेष्ट प्याड सहयोग गरेको एकेडेमीका अध्यक्ष चीन लामाले बताउनुभयो । उनले भने, “वडाभित्रका ३५ देखि ४० खेलाडीका लागि यी खेलकूदका सामग्री निकै सहयोगी हुने छन् ।”

गत वर्षको कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट विभिन्न खेल कार्यक्रम गरिएको लामाले जानकारी दिए । वडाध्यक्ष बालमुकुन्द घिमिरेले खेल जगतले राष्ट्रिय शान अघि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *