काठमाडौं । दिनेश शर्माको निर्देशन रहेको छोटो फिल्म ‘कोभिड –१९’ सार्वजनिक गरिएको छ । राजेश राउतको लेखन रहेको फिल्ममा दिनेश शर्मा, मनोज खत्री, खिमनाथ, मन्दिरा, मदन, अनुप शर्मालगायतको अभिनय देख्न सकिन्छ ।
दिनेश शर्मा र अनुप शर्माको छायाँकन रहेको फिल्मका निर्माता दिनेश शर्मा र राजेश राउत हुन् । कोरोनाबाट टाढा रहन सन्देश दिने उद्देश्यले फिल्म निर्माण गरिएको निर्माण युनिटले जनाएको छ ।