श्रमको सम्मान आजको आवश्यकताः वरिष्ठ काँग्रेस नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान आजको आवश्यकता रहेको बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सूदुरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा उनले नेपालमा श्रमको सम्मान नहुँदा लाखौँ युवा विदेशिन बाध्य हुनु परेको बताए ।

वरिष्ठ नेता पौडेलले भने, “श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने र सहरमा जनसङ्ख्याको चाप बढ्ने अवस्थाको अन्त्य हुँदैन ।” उनले गाउँको विकास, गाउँका जनतालाई रोजगारी र गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरे । उनले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिम प्रदेश विकासको गतिमा अगाडि बढ्न नसकेको बताए ।

वरिष्ठ नेता पौडेलले बन्दाबन्दी खुकुलो हुन थालेपछि पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने उल्लेख गरे । काँग्रेसभित्र व्यापक सुधारको खाँचो रहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *