भारत र चीनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नुपर्ने नेपालको भनाइ

काठमाडौं । भारत र चीनबीच गलवान उपत्यकामा निम्तिएको द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नुपर्ने नेपालले जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै दुई छिमेकी देशले दुईपक्षीयरुपमा समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘देशहरुबीचको विवाद शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ भन्ने नेपालको मान्यता छ । क्षेत्रीय र विश्व शान्तिका लागि नेपाल सधैं बलियोरुपमा उभिएको छ । गलवान उपत्यका क्षेत्रमा हाम्रा दुई छिमेकी भारत र चीनबीच भइरहेको पछिल्लो विकासबारे नेपाल विश्वस्त छ कि दुई छिमेकी देशले असल छिमेकीको भावनाले आपसी भिन्नतालाई शान्तिपूर्ण ढंगले दुई पक्षीयरुपमा समाधान गर्नेछन् र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरता स्थापित गर्नेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *