काठमाडौँ । भारत र चीनबीचको विद्यमान तनावको बारेमा अमेरिकाले आफ्नो प्रतिक्रया जनाएको छ । ढिला गरी प्रतिक्रिया जनाउँदै अमेरिकाले घटना दुखद भएको बताइएको छ ।
अमेरिकाले जुन १९ तारिख शुक्रवार प्रतिक्रिया दिँदै भारतप्रति आफ्नो संवेदना प्रकट गरेको हो ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उक्त घटनाबारे प्रतिक्रिया दिँदै भने, चीनसँगको सङ्घर्षका क्रममा भएको मृत्युलाई लिएर हामी भारतप्रति गहिरो संवेदना प्रकट गर्छौँ । हामी ती सैनिकका परिवार, आत्मीयजन र समुदायलाई सम्झन्छौं । यस्तो बेला जब उनीहरू शोकमा डुबेको हनु पर्छ। पुराना अनुभवमा भारत र चीनबीच तनावको स्थिति हुने बितिक्कै अमेरिकाले तत्काल प्रतिक्रिया दिन्थ्यो।
गतवर्ष भारत र चीनबीच तनावको स्थिति सुरु भएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे महिनाको अन्तिम साता मध्यस्थताका लागि प्रस्ताव पनि गरेका थिए । गलवान उपत्यका आफ्नो भएको चीनको दाबी भारतद्वारा अस्वीकार गर्दै आएको छ । त्यसभन्दा पहिला पनि थुप्रै पटक भारत र पाकिस्तानबीच ट्रम्पले मध्यस्थताका लागि प्रस्ताव गरेका थिए ।
दक्षिण एशियामा आफ्नो बलियो कूटनीतिक उपस्थितिलाई लिएर अमेरिका सधैँ सचेत रहँदै आएको छ ।
त्यसैले उ भारत पाकिस्तान वा भारतचीनबीच तनाव रहेका बेला मध्यस्थताको लागि अमेरिकाले प्रस्ताव गरेपनि अस्वीकार गरिएको छ । तर पछिल्ला वर्षहरूमा उक्त क्षेत्रमा चीनको प्रभाव बढेको देख्दा अमेरिका यो क्षेत्रमा आफ्नो स्थितिलाई लिएर संशयमा जानकारहरू बताउँछन् ।