कोरोना महामारी नयाँ र खतरनाक चरणमाः विश्व स्वास्थ्य संगठन

काठमाडौं । कोरोना महामारीले आक्रान्त भइरहेको वेला विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले महामारीले संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको बताएका छन् । यतिखेर संसारमा कोरोनाभाइरसको महामारी फैलिदै गए नयाँ संकट निम्तिन सक्ने चेतावनी उनले दिएका छन् ।

विश्यभरी बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेका छन् । एकै दिनमा त्यत्तिका संख्यामा संक्रमित फेला परेको यो पहिलो दिन हो ।
जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनको तथ्यांकअनुसार यतिखेर संसारभरिमा ८५ लाख ६९ जहार ९ सय ६२ जना संक्रमित भइसकेका छन् भने तीमध्ये ४ लाख ५७ हजार ३ सय ८८ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा २२ लाख १५ हजार ५ सय ८७ छन् भने मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सबैभन्दा बढी १ लाख १८ हजार ९ सय ९१ जना पुगिसकेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२ जना छन् भने त्यसपछि रुसमा ५ लाख ६८ हजार २ सय ९२ जना छन् । चौथो नम्बरमा भारत पर्छ जहाँ अहिलेसम्म ३ लाख ८० हजार ५ सय ३२ जना संक्रमित भइसकेका छन् ।

यही संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुनेहरुमा दोस्रो नम्बरमा ब्राजिल रहेको छ । त्यहाँ ४७ हजार ५ सय ४६ जनाको मृत्यु भइसकेको छ । रुसमा ७ हजार ८ सय ३१ जनाको यही संक्रमणका कारण मृत्यु भइसकेको छ भने भारतमा मृत्यु हुनेहरुको संख्या १२ हजार ५ सय ७३ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार, असार ६ गते बिहान ४ बजेसम्ममा संसारभरिमा ८७ लाख ३४ हजार ९ सय ७२ जना संक्रमित भइसकेका छन् भने ४ हजार ६१ हजार ५ सय ४ जनाको मृत्यु भइसकेको छ । संक्रमितहरुमध्ये ४६ लाख १५ हजार ९ सय ९५ जना निको पनि भइसकेका छन् ।

यसैबीच विश्व खाद्य संगठनले महामारीका लागि अत्यावश्यक सामग्रीहरुको ढुवानीका लागि आकस्मिक रकमको अभाव हुँदै गइरहेको जनाएको छ । सो रकमको अभावमा विश्वका १ सय ३२ राष्ट्रहरुमा महामारीमा अत्यावश्यक मास्क, ग्लोभ र अरु अत्यावश्यक चिकित्सकीय सामग्रीहरु आगामी जुनको तेस्रो हप्तासम्ममा पुर्याउन कठिन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *