शुक्रबार ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

काठमाडौँ । शुक्रबार एकैदिन ४ सय २६ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार थप ४ सय २६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय १६ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म १ हजार ४ सय दुई जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *