आज २१ शव आयो, अन्य तीनको पनि आजै आउँदै (नामवालीसहित)

File Photo

काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव काठमाडौं ल्याइएको छ । मृत्यक मध्ये २० जना कतारमा काम गर्ने कामदार रहेका छन् । 

बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट बाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट शुक्रबार बिहानै नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताएका छन् ।

कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा शव नेपाल ल्याइएको छ । वोर्डका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार उनीहरुलाई कतार सरकार आफैले पठाएको हो ।

बोर्डको सूचीअनुसार

कतार
१. महमुद अलमान मुसलमान, कपिलवस्तु  
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८. सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही

साउदी अरब

१.भैरब बहादुर बस्नेत
 
कुवेत

१. सोनि तामाङ, नुवाकोट
२. मानव आले, सङ्खुवासभा
 
युएई

१. पेम्बा नुर्बु शेर्पा, सोलु

Leave a Reply

Your email address will not be published. Required fields are marked *