साउदी र कतारबाट नेपाली कामदारआइपुगे, माल्दिभ्स र कुवेतबाट पनि आजै फर्किदै

काठमाडौं । साउदी अरबमा अप्ठ्यारोमा परेका १ सय ५३ जना नेपाली कामदारहरू काठमाडौं आइपुगेका छन् । नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज शुक्रबार बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार साउदीमा वैदेशिक रोजगारीको शिलशिलामा निधन भएका एक नेपालीको शव पनि ल्याइएको छ । साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फर्किनको लागि गरिएको यो पहिलो उडान हो ।

त्यस्तै यूएईबाट आजै १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सको विमान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । फर्कनेहरुमा अधिकांश महिला छन् ।

आजै माल्दिभ्सबाट पनि १ सय ५० जना तथा कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कदैँ छन् । साउदीको दमामबाट हिमालय एयरलान्सले दोस्रो चार्टर्ड उडान भोलि शनिबार गर्ने भएको छ। उक्त उडानमार्फत स्वदेश फिर्तीका लागि २ सय २६ जना प्राथमिकतामा परेका छन् ।

नेपाल एअरलाइन्सले जुन २१ तारिखका दिनमा साउदीबाट उडान गर्ने बताइको छ । उक्त उडानमार्फत स्वदेश फिर्तीका लागि ४ सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेको छ ।ँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *