बिहिबार ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८

काठमाडौँ । बिहिबार एकैदिन ६ सय ७१ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहिबार थप ६ सय ७१ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म ७८४८ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *