काठमाडौँ । बुधबार एकैदिन ५ सय ८६ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बुधबार थप ५ सय ८६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नौ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोकाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।