थाइल्याण्ड र बंगलादेशबाट नेपालीकाे उद्धार गरिँदै

काठमाडौँ । उद्धारका लागि नेपाल एयरलाइन्सको विमान बैंकक र हिमालयले ढाकातर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गन्तव्यतर्फ उडिसकेका दुबै जहाज आजै साँझ काठमाडौँ फर्कने जनाइएको छ ।

विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग गर्ने सरकारको प्राथमिकता रहेको छ ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिइएको छ । नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारो बडी जहाज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *