प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या २३६७

काठमाडौँ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १ सय ८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १ सय ८२ थियो ।

सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १ सय ८५ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । यस प्रदेशबाट मङ्गलबार २८ सङ्क्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म सङ्क्रमितमध्येबाट ५ सय छ जना उपचारपश्चात निको भएर घर फर्केको सचिव डा. घिमिरेले बताउनुभयो ।

प्रदेशमा अहिलेसम्म ३४ हजार ४ सय ४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार २ सय २८ जनाको रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म १५ हजार ७ सय ३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७ सय ८२ मा पोजिटिभ देखिए भने १४ हजार ९ सय ५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ । प्रदेशअन्तर्गतका ४ सय ३९ क्वारेन्टिनअन्तर्गत १२ हजार ३ सय ३१, होम क्वारेन्टिनमा १४ हजार ५ सय ७९ र आइसोलेसनमा ९ सय ३९ जना बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *