पूर्वकप्तान सागर थापासहित ६ जनालाई सर्वोच्चले दियो सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई आज मंगलबार सफाइ दिएको छ ।

न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले विशेष अदालतको २०७५ जेठ महिनामा सफाइ दिने फैसलालाई मंगलबार सदर गरेको हो ।

“सागर थापा लगायतलाई विशेष अदालतले सफाइ दिएको थियो । त्यसका विरूद्ध सरकारी वकिलले पुनरावेदन दिएको थियो,” सर्वोच्चका सहप्रवक्ता देवेन्द्रराज ढकालले भने, “सरकारी वकिलको दाबी पुग्न नसकेको भन्दै इजलासले विशेष अदालतकै फैसला सदर गरेपछि खेलाडीले सफाइ पाए ।”

पूर्वकप्तन थापासहित विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई २०७२ कात्तिक २२ गते विशेषमा राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *